Main News

कोशी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ साउन ३० गते ७:५६
कोशी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

३० साउन, २०७७ विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरूषको गएराती मृत्यु भएको हो ।

निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनी मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

कोरोनाको लक्षण देखिएपछि उनलाई अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिँदै आएकोमा एक्कासी रगतको मात्रा कम भइ मृत्यु भएको डा. दासले जानकारी दिनुभयो ।

उपचारको क्रममा रहेका सबरामीको कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *