Main News

स्वास्थ्यमन्त्री ढकालले भने– मति बिग्रेकाहरुले सरकारको आलोचना गरिरहेका छन्

हिमालय टिभी
२०७७ साउन २७ गते १३:५४
स्वास्थ्यमन्त्री ढकालले भने– मति बिग्रेकाहरुले सरकारको आलोचना गरिरहेका छन्

२७ साउन, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै शुभकामना दिनुभएको छ ।

उहाँले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिनुभएको हो ।

आजको यो कृष्णअष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस भन्ने शुभकामना दिन चाहन्छु । चाहे ति मेरा घरभित्र बसेका हुन् चाहे ति मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पु-याउन सक्दैन् ।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस भन्दै शुभकामना दिनुभएको हो ।

उहाँले भन्नुभयो ‘आजको यो कृष्णअष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस भन्ने शुभकामना दिन चाहन्छु । चाहे ति मेरा घरभित्र बसेका हुन् चाहे ति मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पु-याउन सक्दैन् ।’

उहाँले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरी पनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गर्नुभयो । सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘बाँचियो भने सत्ता प्राप्त गर्ने लडाई फेरी पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन् । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दाखेरी पनि केही बिग्रिदैन । स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिंडने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेला अनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौं । सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।’

बाँचियो भने सत्ता प्राप्त गर्ने लडाई फेरी पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन् । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दाखेरी पनि केही बिग्रिदैन । स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिंडने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेला अनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौं ।

उहाँले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताउनुभयो । कुनैबेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताउनुभयो ।

त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताउनुभयो । अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताउनुभयो । जस्तोसुकै गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘गीतहरु बदलीबदली आउने छन् । एक जमना पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्य सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ ।’

मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रणभित्रै रहेको बताउनुभएको छ । संक्रमणको अवस्था समुदायस्तरमा देखिए पनि नियन्त्रण्को स्थितिमा नै रहेकाले आत्तिनु नपर्ने बताउनुभयो ।

अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका लागि गरिएका कार्यहरु प्रभावकारी भएको बताउनुभयो । महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *