खेलकूद

इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लीगको अन्तिम चारमा प्रवेश

हिमालय टिभी
२०७७ साउन २७ गते ७:५०
इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लीगको अन्तिम चारमा प्रवेश

२७ साउन, २०७७ काठमाडौं । इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लीगको अन्तिम चारमा प्रवेश गरेका छन् ।

जर्मन क्लव बायर लिभरकुसेनलाई दुई(एकले गोलले हराउँदै मिलान सेमिफाइनल पुगेको हो । १५ औं मिनेटमा निकोलो बारेलाको गोलसँगै मिलानले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि २१ औं मिनेटमा रोमेलु लुकाकुको गोलसँगै मिलानले अग्रता दोब्बर बनायो । बायरका लागि खेलको २५ औं मिनेटमा केइ हाभेर्टजले गोल गरेका थिए । त्यसपछि खेलमा थप गोल नहुँदा मिलान २(१ गोलले विजयी भएको हो ।

यस्तै क्वाटरफाइनल अन्तर्गत एफसी कोपेनहेगनमाथि एक(शुन्यको संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान सुरक्षित बनायो । उसका लागि खेलको अतिरिक्त समयमा ब्रुनो फेर्नान्डेसले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्