कोरोना संक्रमित बढेसँगै सर्लाहीमा सात दिनका लागि निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ साउन २६ गते १२:५९
कोरोना संक्रमित बढेसँगै सर्लाहीमा सात दिनका लागि निषेधाज्ञा जारी

२६ साउन, २०७७, सर्लाही । सर्लाहीमा गएरातिदेखि लागू हुने गरी ७ दिनका लागि निषेधाज्ञा लागू भएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्न सिफारिस गरेअनुसार जिल्ला प्रशासन कार्यालयले निषोधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा ३२ गते राति १२ बजेसम्म लागू हुनेछ । प्रशासनले अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *