Main News

काठमाडौं उपत्यकामा थपिए ८७ कोरोना संक्रमित, सतर्कता अपनाउन सरकारको सुझाव

हिमालय टिभी
२०७७ साउन २२ गते १७:०९
काठमाडौं उपत्यकामा थपिए ८७ कोरोना संक्रमित, सतर्कता अपनाउन सरकारको सुझाव

२२ साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैबीच स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । दिनदिनै संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।

गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उहाँले अपिल गर्नुभयो । यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

उपत्यका लगायत घनावस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकितसक लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।

संक्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पु¥याउँन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *