Main News

कोरोना संक्रमण बढेपछि झापाको बिर्तामोडमा अनिश्चितकालीन लकडाउन

हिमालय टिभी
२०७७ साउन १९ गते ८:२६
कोरोना संक्रमण बढेपछि झापाको बिर्तामोडमा अनिश्चितकालीन लकडाउन

१९ साउन, २०७७ झापा । झापाको बिर्तामोड नगरपालिकामा अनिश्चितकालिन लकडाउन लागू गरिएको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी बिर्तामोडमा अनिश्चितकालिन लकडाउन भएको हो । बिर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्रभित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको थियो।

कोरोना भाइरसको संक्रमण समुदायमा पुगेकाले थप संक्रमण फैलिन नदिन लकडाउन लगाइएको नगरपालिकाले जनाएको छ । लकडाउनमा खाद्यान्न तथा तरकारी पसल विहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने छन्। त्यस्तै औषधि पसल बाहेक अन्य पसलहरू बन्द रहने छन् ।

निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउने छैनन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाले कारोबार गर्न नपाउने भएका छन् । झापाकै छिमेकी अर्जुनधारा नगरपालिकाले हिजो बिहानैदेखि पाँच दिनका लागि लकडाउन लागू गरिसकेको छ।

यसैगरी कोरोना संक्रमणको जोखिमका कारण जनकपुरधाम उपमहानगरपालिकामा आज रातिदेखि एक सातासम्मको निषेधाज्ञा लागू हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *