Main News

लिम्पियाधुरासहितको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने योजना छैनः परराष्ट्र

हिमालय टिभी
२०७७ साउन १८ गते १२:४३
लिम्पियाधुरासहितको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने योजना छैनः परराष्ट्र

१८ साउन, २०७७ काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूमी समेटेर नेपालको नयाँ प्रकाशन गरे पनि त्यो नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउन कुनै तयारी भएको छैन ।

केहीदिनअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतीय सञ्चार माध्यमलाई नयाँ नक्सा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी भइरहेको बताउनुभएको थियो ।

तर परराष्ट्र मन्त्रालय निकट श्रोतले भने सरकारको तर्फबाट अन्तर्राष्ट्रिय समुदायमा नयाँ नक्सा पठाउने सम्बन्धमा कुनै तयारी नभएको बताएको छ ।

श्रोतले नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने भनेर मन्त्रीपरिषदबाट कुनै निर्णय वा निर्देशन नआएको पनि स्पष्ट पारेको छ । तर विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुमा पठाउनका लागि नयाँ नक्सा छाप्ने काम भने भइरहेको छ ।

प्रतिक्रिया

One thought on “लिम्पियाधुरासहितको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने योजना छैनः परराष्ट्र

  1. बकलोल फन्टुस प्रम रत्यौली वाला मन्त्री भएपछि कहाँ के बोल्ने ध्यान नभएपछि ! जस्तो गुरु उस्तै चेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *