Main News

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाविरुद्ध स्थानीय आन्दोलित

हिमालय टिभी
२०७७ साउन १६ गते १४:११
पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाविरुद्ध स्थानीय आन्दोलित

१६ साउन, २०७७ काठमाडौं । पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् ।

पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्नेगरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका छन । उनीहरुले पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनास हुनेगरी आएको गुरुयोजना फिर्ता गर्न माग गरेका छन ।

पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्राचीन बस्ती र धार्मीक महत्व बिचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन वस्ती नहटाउन उनीहरुको माग छ ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले गुरुयोजना विनासकारी र अदुरदर्शी भन्दै खारेज गर्न सरकारसँग माग गर्नुभयो ।

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासका बस्तीहरु हटाउने गरी एकसय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ । तर स्थानीय बासिन्दाले त्यसलाई विनाश र विध्वांशात्मक नीति भनेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *