Main News

वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ साउन १६ गते ८:०५
वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई कोरोना संक्रमण

१६ साउन, २०७७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ संक्रमित हुन पुगेको बताउनु भएको छ ।

विगत ५ महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जवासीलाई बचाउन आफूले हर सम्भव प्रयास गर्दा गर्दै संक्रमित भएको उहाँको भनाइ छ ।

संघीय र प्रदेश सरकारको दायित्व अन्तर्गत रहेको क्वारेन्टाइन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरूले नलिएपछि आफै लिएर नागरिकको जीवनरक्षाको लागि अथक प्रयत्न गरेको सरावगीले उल्लेख गर्नु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि मेयर सरावगी काठमाडौं आउनु भएको थियो। परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो । उहाँ अहिले होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *