समाज

कपिलवस्तुका डाक्टर अस्पताल छोडेर निजी क्लिनिकमा विरामी जाँच्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १५ गते ७:२१
कपिलवस्तुका डाक्टर अस्पताल छोडेर निजी क्लिनिकमा विरामी जाँच्दै (भिडियोसहित)

१५ साउन, २०७७ कपिलवस्तु । कपिलवस्तुमा सरकारको निर्देशन विपरित जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट नै निजी क्लिनिकमा विरामी जाँच्न व्यस्त भएको पाइएको छ । यसले सरकारी अस्पतालमा उपचारका लागि पुग्ने विरामी मर्कामा परेका छन् ।

यो जिल्ला अस्पताल कपिलवस्तु । उपचारका लागि विरामी टाढा टाढाबाट यहाँ आएका छन् । अस्पालमा विरामीको भीड छ । तर विरामी हेर्ने डाक्टर छैनन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेको कोठा खालि छ । जिल्ला अस्पतालमा उपस्थित नभए पनि डाक्टर साहेब विरामी जाँच्नमै व्यस्त हुनुहुन्छ । त्यो पनि निजी क्लिनिकमा ।

उहाँ जुन समयमा यो क्लिनिकमा विरामीको उपचार गर्दै हुनुहुन्छ । यो सयममा उहाँ यो जिल्ला अस्पतलामा हुनु पर्ने हो । अझ देशमा कोरोना कहर बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखले निजी अस्पतालमा बिरामी हेर्न नपाउने गरी परिपत्र जारी गरेको छ ।

तर डाक्टर साहेबले मन्त्रालयको निर्देशन कुल्चिँदै निजी क्लिनिकमा विरामी जाँच्ने गर्नुभएको छ । हामीले विरामी जाँच्दै गर्दा क्लिनिकमा फेला पारेपछि उहाँले विदा लिएको बताउनुभयो ।

मेडिकल सुपरिटेन्डेन्टले विदा बस्दा सम्बन्धित माथिल्लो निकायमा जानकारी गराउनु पर्छ ।

तर डाक्टर बन्जाडेले विदा लिएको माथिल्लो निकायमा जानकारी छैन । अस्पतालमै पनि लिखित विदा लिनु भएको छैन । फोनबाटै विदामा बसेँ हाजिरमा जनाइदिनु भनेर निर्देशन दिनुभयो र कर्मचारीले आफ्नै हाकिमको हाजिरमा रातो लगाए ।तर यसमा नागरिकको प्रश्न छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार विदा नै लिएर पनि मेसुले निजी क्लिनिकमा विरामी हेर्न मिल्दैन । तर उहाँले हेर्नुभयो । त्यसैले प्रशासनले यसबारेमा छानविन गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *