Main News

नेपालमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५२ पुग्यो

हिमालय टिभी
२०७७ साउन १४ गते १९:५३
नेपालमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५२ पुग्यो

१४ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्जका दुई जना र मोरङका एक जनाको ज्यान गएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

वीरगञ्जको रेशमकोठीका ६८ वर्षीय वृद्धको नारायणी अस्पतालको गण्डक कोभिड उपचार केन्द्रमा आज विहान साढे १० बजे मृत्यु भएको छ । उनमा मुटुको समस्या समेत रहेको थियो ।

यसै गरी आजै अपारान्ह एक जना ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेज पुग्नु भएको थियो ।

यसैगरी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा भेन्टिलेटरमा उपचाररत ४५ वर्षीय संक्रमित पुरुषको बेलुकी पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मृतक व्यक्ति मोरङ जिल्लाका हुन् । उनीलाई दिउँसो १ बजेतिर अत्यन्तै सिकिस्त अवस्थामा कोशी कोभिड १९ अस्पतालबाट प्रतिष्ठानमा लगिएको थियो।

समन्वय नगरी एम्बुलेन्स चालकले संक्रमित ल्याएको भन्दै उनको भर्नामा पनि ढिलाई भएको थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *