Main News

सलहको झुण्ड नेपाल प्रवेश गर्ने खतरा कायमै, सचेत रहन आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १४ गते १७:२७
सलहको झुण्ड नेपाल प्रवेश गर्ने खतरा कायमै, सचेत रहन आग्रह (भिडियोसहित)

१४ साउन, २०७७ काठमाडौं । सरकारले सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने खतरा बाँकी नै रहेको बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मनसुन सकिए लगत्तै भारतको राजस्थान लगायतका क्षेत्रबाट ठुलो संख्यामा सलहको झुण्ड नेपाल प्रवेश गर्ने संभावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसिया पसेको सलह भारतहुँदै नेपालसम्म आइपुग्यो । हावाको गति अचानक फेरिएपछि भारतको बिहार हुँदै नेपाल पसेको सलहको झुण्ड खासै ठूलो थिएन । त्यसैले धेरै क्षति नभएको सरकारी दाबी छ ।

अहिले मनसुन सक्रिय छ । तर मनसुन अन्त्य भएसँगै भारतको पश्चिम राजस्थानको मरुभूमि लगायतका ठाउँमा सलहको वंशवृद्भि हुने सम्भावना छ । अबको एक दुई महिनामा भने सलहको ठूलो झुण्ड नेपाल आउने खतरा रहेको ‍कृषि तथा पशुपन्छी मन्त्रालयको अनुमान छ ।

मन्त्रालयका कुरा मान्ने हो भने भारतमा सलह रहेसम्म नेपाल भित्रिने सम्भावना रहिरहन्छ। त्यसैले मनसुनपछि नेपालभित्रिने सलहबाट हुनसक्ने सम्भावित क्षति रोक्ने गरी विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न मन्त्रालयले सम्बन्धित निकायलाई भनिसकेको छ ।

सीमा क्षेत्रका केही जिल्लामा अहिले पनि स–साना झुण्डमा सलह प्रवेश गरिरहेका छन् । तथापी क्षति कम छ । तर ठूलै समूह नेपाल पसेमा अन्नबालीमा ठूलो क्षति पुगेर खाद्य संकट हुन सक्छ । त्यसैले भविष्यमा सलहबाट हुनसक्ने सम्भावित क्षति रोक्न सरकारसँगै आम नागरिक पनि चनाखो हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *