Main News

कालिकोटमा पहिरोमा पुरिँदा ८ जनाको मृत्यु, एक जना बेपत्ता

हिमालय टिभी
२०७७ साउन १४ गते १२:४०
कालिकोटमा पहिरोमा पुरिँदा ८ जनाको मृत्यु, एक जना बेपत्ता

१३, साउन, २०७७, कालिकोट । कालिकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ऐर पुरिंदा ६५ वर्षीय गंगे बुढासहित उहाँकी ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।

यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उहाँकी ६५ वर्षीय श्रीमती मनाको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताउनुभयो । यसअघि सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका थिए ।

नगरपालिकाको वडा नम्बर १ को बडलतोलामा गंगे खहरे खोलामा आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा पाँचजना बेपता भएका छन् भने चोक्टेबगरमा पहिरोमा पुरिएर एकजना बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *