Main News

बाघ संरक्षणमा नेपालको उपलव्धी विश्वका लागि उदाहरणीय

हिमालय टिभी
२०७७ साउन १४ गते ८:२८
बाघ संरक्षणमा नेपालको उपलव्धी विश्वका लागि उदाहरणीय

१४ साउन, २०७७ काठमाडौं । आज विश्व बाघ दिवस, बाघ संरक्षणको अभियानमा नेपालले हासिल गरेको उपलब्धी विश्वका लागि उदाहरणीय बनेको छ ।

नेपाल सन् २ हजार २२ सम्म पाटे बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेको छ । सन् २ हजार १८ मा नेपालमा पाटे बाघको संख्या २ सय ३५ वटा थियो । यो संख्या मात्र वयस्क बाघको हो ।

नेपालको प्रतिबद्धताअनुसार २ हजार २२ भित्र नेपालले २ सय ५० बाघको संख्या पुर्‍याउनु पर्नेछ । हालको संख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ ।

गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखिएको तर सबैको गणना नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यस अवधिमा देखिएका र २ हजार २१ भित्र थपिने संख्याले नेपालले लक्ष्य सहजै भेट्ने छ ।

यसअघि सन् २ हजार १० मा नेपालसँग १ सय २१ वटा बाघ थिए । सन् २ हजार १३ को गणनामा १ सय ९८ वटा बाघ पुगेको थियो । बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ ।

बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । २ हजार २२ सम्ममा बाघको संख्या दोब्बर बनाउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *