Political Hightlights

सुनिल थापा कांग्रेस प्रवेश, पार्टी प्रवेश कार्यक्रममै पाए सहमहामन्त्रीको पद

हिमालय टिभी
२०७७ साउन १३ गते १८:५८
सुनिल थापा कांग्रेस प्रवेश, पार्टी प्रवेश कार्यक्रममै पाए सहमहामन्त्रीको पद

१३ साउन, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका पूर्वमन्त्री सुनील बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गरेकै दिन थापाले कांग्रेसमा सहमहामन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

राजधानीमा कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच थापालाई पार्टी प्रवेश गराउँदै सहमहामन्त्रीको जिम्मेवारी दिएको घोषणा गर्नुभयो ।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थापाले कांग्रेस प्रवेश गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

थापालाई प्रवेश गराएर सहमहामन्त्री दिइएकोमा कांग्रेस भित्र विरोध पनि भैरहेको छ । सभापति देउवाले थापाबाहेक अन्य नेताहरुलाई पनि पार्टीमा उचित स्थान दिने भन्दै बलियो प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा एक भएर लाग्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्