Main News

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा, ५३ जना संक्रमित थपिए (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १३ गते १६:४५
काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा, ५३ जना संक्रमित थपिए (भिडियोसहित)

१३, साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा आज ठुलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । उपत्यकाका तीनवटै जिल्लामा गरेर ५३ जना नयाँ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक देशभर ३ सय ११ जना नयाँ संक्रमित पहिचान भएका छन् । लकडाउन खुलेपछि एकैदिन भेटिएको यो अहिलेसम्मकै उच्च संख्या हो । काठमाडौंमा मात्रै ४८ संक्रमित थपिएका छन् ।

यो संख्या पनि अहिलेसम्मकै धेरै हो । काठमाडौंमा भेटिएका संक्रमितमध्ये प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २३ जना प्रहरी हुन् । यसअघि प्रधान कार्यालयमै ४ जनामा संक्रमण देखिएको थियो ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा ठुलो संख्यामा नयाँ संक्रमित भेटिएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिनुभयो ।

यस्तै ललितपुरमा ४ र भक्तपुरमा एक संक्रमित थपिएका छन् । देशभर संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ । बझाङको बुंगल नगरपालिका वडा नम्वर ३ मा मृत्यु भएका ६५ वर्षीय पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएको हो । १४ दिन क्वारन्टिमा बसेर घर गएका उनको साउन ६ गते मृत्यु भएको थियो ।

देशमा पछिल्लो पटक ५ हजार ३२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । थप १ सय २१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *