राजनीति

नेकपामा बामदेव गौतमको ओलीलाई सहयोग पुग्ने ६ बुँदे प्रस्ताव प्रस्तुत

हिमालय टिभी
२०७७ साउन १३ गते १२:५१
नेकपामा बामदेव गौतमको ओलीलाई सहयोग पुग्ने ६ बुँदे प्रस्ताव प्रस्तुत

१३ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिग्रह रोक्न भन्दै उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।

महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी गौतमले नयाँ प्रस्ताव ल्याउनुभएको हो ।

पछिल्लो समय प्रचण्ड–माधव समूहमा रहेका उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको अनुकूल हुनेगरी प्रस्ताव ल्याउनुभएको छ । उपाध्यक्ष गौतमले दुवै अध्यक्षलाई छुट्टा छुट्टै भेटेर ६ बुँदे प्रस्ताव पेश गर्नुभएको छ।

उपाध्यक्ष गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्ष रहने प्रस्ताव गर्नुभएको छ ।

प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र एकता महाविधेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

गौतमले प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

यस्तै, पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषदको पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति, संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने गौतमको प्रस्ताव छ । अब पार्टीका बैठक पार्टी कार्यालयमा गर्ने गौतमले प्रस्ताव गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्