Main News

अविरल बर्षाका कारण बाढीपहिरोले बागलुङमा ३ जनाको मृत्यु, लोकमार्ग अवरुद्ध

हिमालय टिभी
२०७७ साउन १३ गते ९:१६
अविरल बर्षाका कारण बाढीपहिरोले बागलुङमा ३ जनाको मृत्यु, लोकमार्ग अवरुद्ध

बागलुङ । गएरातिको अविरल वर्षातका कारण पश्चिम बागलुङमा ठूलो धनजनको क्षति भएको छ ।

बाढीपहिरोका कारण जिल्लाको निसीखोला गाउँपालिका १ हर्पमा एक घर पहिरोले बगाउँदा एक वालकको मृत्युभएको छ । राति एक बजेतिर घरमाथिबाट आएको पहिरोका कारण कमल परियारको घर पहिरोले बगाएको हो ।

घर पुरिँदा परियारका ३ वर्षीय छोरा तोरणको घटनास्थलमै मृत्यु भएको हो । परियारकी श्रीमतीलाई स्थानियले उद्धार गरेका छन् । तमानखोला गाउँपालिका वडा नं.२ खोलेसबाङमा आएको पहिरोले घर पुरिँदा दुई बालबालीकाको मृत्यु भएको छ ।

गएराति साढे १ बजेतिर सडक भासिएर आएको पहिरोका कारण स्थानीय पानबहादुर बिकका १३ वर्षका छोरा खिमबहादुर र १२ वर्षका छोरी रिताको मृत्यु भएको स्थानीय चुडामणि छन्त्यालले बताउनुभयो । पान बहादुरकी श्रीमती होमकुमारी घाइते अवस्थामा उद्धार गरिएको छ ।

आज विहान ६ बजेमात्रै पहिरोले पुरिएकाहरूको शव निकालिएको बोङगादोभान प्रहरी प्रमुख पदमबहादुर नेपालीले बताउनुभयो । वडिगाड गाउँपालिका वडा नं. ६ सिस्नेरीमा मध्यपहारी लोकमार्गमाथिदेखि गएको पहिरोका कारण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *