Main News

सिंहदरबार पुनर्निर्माण प्रक्रियाले लियो गति, कहिले हुन्छ पूरा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १३ गते ६:१४
सिंहदरबार पुनर्निर्माण प्रक्रियाले लियो गति, कहिले हुन्छ पूरा ? (भिडियोसहित)

१३ साउन, २०७७ काठमाडौं । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पुननिर्माण भैरहेको छ ।

कोरोना महामारीका कारण निर्माणको काममा ढिलो भएको थियो । तर पनि मुख्य भवनको पूननिर्माण कार्तिकभित्र सक्ने गरी काम भैरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

ऐतिहासिक सिंहदरबारको मुख्य प्रशासनिक भवन २०७२ सालको भूकम्पले लगभग नष्ट हुने अवस्थामा पु¥यायो । त्यसपछि केही वर्ष सिंहदरबारको पुननिर्माण हुन सकेन ।

अहिले भने पुननिर्माणले गति लिएको छ । मूख्य दुई भवन पूर्वपट्टिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पश्चिम पट्टिको मोहडाको प्रबलिकरण ९रेक्टोफिटिङ० विधिबाट पुननिर्माण भैरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहनेछ मुख्य भवनको काम कार्तिक भित्र सक्ने लक्ष्य छ । पश्चिम मोहडाको पुननिर्माण २०७८ असोज मसान्त सम्म सक्ने समय सीमा रहेपनि चालु आर्थिक वर्ष भित्रै सक्ने गरी काम भैरहेको छ ।

२०३० सालमा आगलागी भएपछि यो भवन सिमेन्ट, बालुवा, छड लगायतका वस्तु प्रयोग गरी जिर्णोद्धार गरिएको थियो । त्यसैले अहिले पनि सिमेन्ट, छड, गिट्टी फलाम लगायत कंक्रिटको प्रयोग गरी ज्याकेटिङ प्रविधिबाट पुननिर्माण भैरहेको छ ।

पश्चिम पट्टिको मोहडामा सुर्खि, चुना, फलाम, सिसा, काठ प्रयोग गरी बनाइएकाले त्यसै अनुसार पुननिर्माणको काम अगाडि बढाइएको छ । न्यूनतम क्षति र अधिकतम संरक्षणको सिद्धान्त अपनाईको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको दावी छ ।

सिंहदरबार पूननिर्माणको काम तीनवटा प्याकेजमा भैरहेको छ । पहिलो प्याकेजको काम असारमा भएको थियो । दोस्रो प्याकेजमा इन्टेरियर, प्लम्बिङ लगायतका काम भइराखेको छ ।

यो काम कार्तिक पहिलो साता भित्र सक्ने लक्ष्य छ । तेस्रो प्याकेज अन्तर्गत पश्चिम पट्टिको मोहडाको कामलाई लिइएको छ । भवन फाउण्डेसनका काम पनि भैरहेको छ । ब्रिक्स सोलिङ, पीसीसी, फर्मवर्क, स्टिील फ्रेमिङ र बिम पुरा गर्ने काम चलिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने पूर्व पट्टिको भवनको निर्माण ७५ करोड रुपैयाँ लागतमा सम्पन्न हुने छ । त्यस्तै पश्चिम पट्टिको मोहडाका लागि भ्याट बाहेक ४० करोड रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *