मास्क नलगाइ हिडडुल गर्नेविरुद्ध झापामा कारबाही शुरु

हिमालय टिभी
२०७७ साउन १२ गते १७:२१
मास्क नलगाइ हिडडुल गर्नेविरुद्ध झापामा कारबाही शुरु

१२ साउन, २०७७ झापा । मास्क नलगाइ हिडडुल गर्नेविरुद्ध झापामा प्रहरीले कारबाही शुरु गरेको छ ।

कोरोना संक्रमण बढेपछि झापामा प्रहरीले आजदेखि ठाउँको ठाउँ कारवाही गर्ने अभियान शुरु गरेको हो ।

सदरमुकाम चन्द्रगढीमा ठाउँ ठाउँमा प्रहरी खटाएर मास्क नलगाउनेलाई आधा घण्टासम्म सडकमै उभ्याउदै सचेत गराउन थालिएको छ ।

चन्द्रगढी ट्राफिक प्रहरीका इञ्चार्ज जनक तिम्सिनाले कोरोना संक्रमण समुदायमा फैलने जोखिम बढेका कारण जाँच बढाइएको बताउनुभयो ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई मास्कको प्रयोग अनिवार्य गराउन निर्देशनात्मक परिपत्र जारी गरेको थियो । परिपत्रमा मास्क प्रयोग नगर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *