Political Hightlights

युवाहरुको सत्याग्रहप्रति राजनीतिक दलहरुको ऐक्यबद्धता

हिमालय टिभी
२०७७ साउन १२ गते १७:१३
युवाहरुको सत्याग्रहप्रति राजनीतिक दलहरुको ऐक्यबद्धता

१२ साउन, २०७७ काठमाडौं । कोरोना रोकथाम र नागरिकको जीवन रक्षाको बारेमा सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले सुरु गरेको सत्याग्रहप्रति विभिन्न राजनीतिक दलले ऐक्यवद्धता जनाएका छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका इनफ इज इनफ समूहका युवाहरुलाई भेटेर कांग्रेसको ऐक्यवद्धता रहेको बताउनुभएको हो । युवाहरुले कोभिड नियन्त्रणका लागि राखेको जायज मागप्रति कांग्रेसको समर्थन रहेको उहााले बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्ने र पीसीआर परीक्षण गर्ने माग राख्दै आएका युवासँग स्वास्थ्य मन्त्रालयले असार २२ गते सहमति गरेको छ ।

तर त्यो सहमति कार्यान्वयनमा नआएपछि युवाहरुले फेरि सत्याग्रह थालेका थिए । उनीहरुले खाना पानी नखाई सत्याग्रह बसेका १० दिन भइसकेको छ । उनीहरुको स्वास्थ्य पनि विग्रिँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्