Main News

आगामी तीन दिन अत्यधिक वर्षाका कारण नदीहरुमा जलसतह बढ्ने, सतर्क रहन सुझाव

हिमालय टिभी
२०७७ साउन १२ गते १६:१५
आगामी तीन दिन अत्यधिक वर्षाका कारण नदीहरुमा जलसतह बढ्ने, सतर्क रहन सुझाव

१२ साउन, २०७७ काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन अत्यधिक वर्षा भएर नदीहरुमा जल सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

गत हप्ताभन्दा केही कमजोर वर्षा हुने भए पनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीमा पानीको सहत बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

गण्डकी प्रदेशका काली गण्डकी, सेती गण्डकी तथा प्रदेश ५ का पश्चिम राप्ती, तिनाउ र बबई नदीका सहायक नदीमा पानीको बहाब बढ्ने सम्भावना रहेको विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले जानकारी दिनुभयो ।

विभागले चितवन, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बागलुङ भएर बग्ने साना नदीमा आकस्मिक बहाबको उच्च सम्भावना रहेको जनाएको छ ।

यस्तै म्याग्दी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा रुकुम, प्युठान, सल्यान, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएर बग्ने साना नदीमा पनि बहाब बढ्ने सम्भावना उच्च छ ।

बाढीसँगै मध्यपहाडी क्षेत्रमा पहिरो र तराईका केही स्थानमा डुबान हुन सक्ने विभागको अनुमान छ । प्रदेश १, २ स्थान, प्रदेश ५ का केही स्थान र सुदूरपश्चिम प्रदेशमा पनि केही क्षेत्रमा डुबानको संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *