आर्थिक

पानी परेपछि सबै किसान खुसी हुँदा रुद्राक्ष किसान किन चिन्तामा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १२ गते १५:४४
पानी परेपछि सबै किसान खुसी हुँदा रुद्राक्ष किसान किन चिन्तामा ? (भिडियोसहित)

१२ साउन, २०७७ भोजपुर । यो वर्ष प्रयाप्त वर्षा भएको छ । बाढी पहिरोको त्रासलाई छाड्ने हो भने वर्षाबाट कृषि कर्ममा लागेका सबै खुसी छन् । तर यो वर्षाले रुद्राक्षको फूल झरेपछि भोजपुरका रूद्राक्ष किसान भने चिन्तिन बनेका छन् ।

पछिल्लो समय भोजपुरका बासिन्दाको आम्दानीको श्रोत बनेको रुद्राक्ष उत्पादन यसवर्ष भने घट्ने देखिएको छ । किनकी धेरै पानी परेपछि रुद्राक्षको फुल कुहिएर झर्न थालेको छ । यसले किसान चिन्तित छन् ।

भारत र चीन मुख्य बजार रहेको रुद्राक्ष व्यवसायलाई कोरोना भाईरसले समेत प्रत्यक्ष प्रभाव पारेको छ । कोरोनाको माहामारी कायम रहेमा विदेशबाट व्यापारी आउन सहज हुँदैन । परिणाम रुद्राक्षको बजारमा असर पर्नेछ ।

विदेश निर्यात हुने रुद्राक्ष बजारको माग अनुरुप बनाउन किसानले लाखौ खर्च गरेर विषादीको प्रयोग गरे । त्यसमा व्यापारीहरुले पनि किसानलाई सघाएका छन् । तर बोटमै फुल नअडिएपछि अहिले किसान र व्यापारी दुवै निराश छन् ।

फल लाग्ने समयमा फुल कुहिएर झर्नु बढी वर्षातका कारण मात्र नभएर रुद्राक्षको गुणस्तर बढाउने नाममा मापदण्ड विपरीतका विषादीको प्रयोग पनि कारण पनि हुन सक्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *