समाज

बर्दियामा क्वारन्टिनमा बसेका एक जनाले गरे आत्महत्या

हिमालय टिभी
२०७७ साउन १२ गते १३:१५
बर्दियामा क्वारन्टिनमा बसेका एक जनाले गरे आत्महत्या

१२ साउन, २०७७ काठमाडौं । बर्दियामा क्वारन्टिनमा बसेका एकजनाले गएराती आत्महत्या गरेका छन् ।

अछाम बन्निगढी गाउँपालिका घर भएका ४३ वर्षीय राम बहादुर सावदले बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारन्टिनमा आत्महत्या गरेका हुन् ।

उनले क्वारन्टिन भवन पछाडिको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

दस दिन अघि भारतको राजस्थानबाट हिँडेका सावद महेन्द्रनगर बर्दिया आफन्तकोमा आएका थिए । उनलाई प्रहरीले ५ दिनअघि क्वारन्टिनमा लगेको थियो । स्वाब संकलन गरिएपनि रिपोर्ट नआएकाले उनको शव उठाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *