Main News

नेपालमा फेरि मनसुन सक्रिय, चार दिन लगातार वर्षा हुने

हिमालय टिभी
२०७७ साउन १२ गते ९:०८
नेपालमा फेरि मनसुन सक्रिय, चार दिन लगातार वर्षा हुने

१२ साउन, २०७७ काठमाडौं । आजदेखि नेपालमा फेरि मनसुन सक्रिय भएको छ ।

मनसुन सक्रिय भएसँगै आजदेखि तीन(चार दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

आज विहानैदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब सागबाट जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले फेरि भारी वर्षा शुरु भएको विभागको पूर्वानुमान छ।

अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ ।

साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

अघिल्लो हप्ता पनि देशभर लगातार झरी तथा भारी वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो। तर न्यून चापीय रेखा नेपालबाट केही टाढा दक्षिण सरेपछि केही दिनयता वर्षा कम भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *