दलित समुदायमाथिको भेदभावविरुद्ध जनकपुरमा अर्धनग्न प्रदर्शन (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ साउन ११ गते १८:१२
दलित समुदायमाथिको भेदभावविरुद्ध जनकपुरमा अर्धनग्न प्रदर्शन (फोटो फिचरसहित)

११ साउन, २०७७ जनकपुरधाम । दलित समुदायमाथि भेदभाव र शोषण हुने गरेको भन्दै आज जनकपुरधाममा अर्धनग्न प्रदर्शन गरिएको छ ।

प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र अस्पतालमा उपचार नपाएर छटपटाउँदै मृत्यु भएका राजु सदालाई न्याय माग्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

राजु र शम्भुको परिवारलाई प्रदेश २ सरकारले पाँच पाँच लाख नगद राहत दिएको छ । तर दलित अगुवाहरुले उनीहरुको मृत्युको छानविन हुनु पर्ने र दोषीलाई कारबाही हुनु पर्ने माग गरेका छन् ।

शम्भु र राजु सदाले न्यायका लागि भन्दै उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *