Main News

रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति

हिमालय टिभी
२०७७ साउन ११ गते १६:५०
रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति

११ साउन, २०७७ काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ ।

न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनई अघि बढाउन अनुमति दिएको हो ।

२०६८ सालमा पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

तर प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले असार १५ गते कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।

सर्वोच्चको फैसलाकै आधारमा साउन ८ गते कोइराला रिहा भैसकेका छन । तर कोईरालाबारेको फैसला अब सर्वोच्चमा फेरि सुनुवाई हुनेछ ।

सर्वोच्चको फैसला त्रुटिपूर्ण भन्दै महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दिएको थियो । सर्वोच्चको पछिल्लो फैसलाले न्यायालय विवादमा परेको छ ।

र, प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसी माथि महाभियोग लगाउन माग गर्दै प्रदर्शन भैरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *