Main News

विराटनगरमा कोरोना समुदायमा फैलिएको निष्कर्ष, अघोषित रुपमा लकडाउन गर्ने निर्णय

हिमालय टिभी
२०७७ साउन ११ गते १४:५१
विराटनगरमा कोरोना समुदायमा फैलिएको निष्कर्ष, अघोषित रुपमा लकडाउन गर्ने निर्णय

११ साउन, २०७७ मोरङ । विराटनगर महानगरपालिकाले समुदायमै कोरोना फैलिएको निष्कर्ष निकाल्दै अघोषित रुपमा लकडाउन घोषणा गरेको छ ।

आज बसेको महानगरपालिकाको कोभिड नाइन्टिन उच्चस्तरीय समन्वय समितिको बैठकले पछिल्ला संक्रमणका घटनाले महानगरपालिकाभित्र समुदायमा कोरोना पुगेको निश्कर्ष निकालेको हो ।

बैठकले तत्कालै कन्ट्याक्ट ट्रेसिङलाई तिब्रता दिने, क्वारेन्टाइन र आइसोलेशनको क्षमता बढाउने, मास्क अनिवार्य प्रयोग गराउने र भारतीय सीमा क्षेत्रमा झन कडाई गरिने, आइसीपीबाट आउने ट्रकका चालकहरुलाई गन्तव्य नपुन्जेल कतै पनि रोक्न नदिने निर्णय गरेको छ ।

त्यसैगरी विराटनगरभित्रका व्यापारीहरुले अनिवार्य रुपमा मास्क लगाउने, कुनैपनि राजनीतिक दलले सभा सम्मेलन नगर्ने र साप्ताहिक हाटबजार पूर्णरुपमा बन्द गराउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिनुभयो ।

प्रधानले अत्यावश्यक सेवाबाहेक एक साताका लागि महानगरपालिकाको सेवा बन्द गर्ने निर्णय भएको समेत बताए । अत्यावश्यक सेवाभित्र रहने बिषयको प्रोटोकल तयार गरी कार्यन्वयन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *