Main News

एमसीसीसम्बन्धी नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकी चासो, राजदूतद्वारा रक्षामन्त्रीसँग भेट (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ११ गते १४:३९
एमसीसीसम्बन्धी नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकी चासो, राजदूतद्वारा रक्षामन्त्रीसँग भेट (भिडियोसहित)

११ साउन, २०७७ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीका बारेमा नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकाले चासो राखेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका बारेमा चासो राख्नुभएको हो ।

सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गर्नुभएको हो । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेको छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भनेर समेत सोध्नुभएको छ । जवाफमा रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला प्रष्ट पार्नुभएको छ ।

गत असार १६ गते संसदबाट पारित गरिसक्नुपर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर जानकारी लिनुभएको हो ।

भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख भन्दा बढीमा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजनाबारे पनि चासो राख्नुभएको छ ।

अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको भन्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन पनि सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *