आर्थिक

सुनको भाउ ५ सय बढेर फेरि कीर्तिमान, तोलाको ९६ हजार ३ सयमा कारोबार

हिमालय टिभी
२०७७ साउन ११ गते १२:४९
सुनको भाउ ५ सय बढेर फेरि कीर्तिमान, तोलाको ९६ हजार ३ सयमा कारोबार

११ साउन, २०७७ काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर फेरि नयाँ कीर्तिमान कायम गरेको छ।

आज एकै दिन तोलाको भाउ ५ सय रुपैयाँले वृद्धि हुँदै सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको हो । यसअघि गत शुक्रबार सुन ९५ हजार ८ सयमा कारोबार भएको थियो ।

पछिल्ला दिनमा सुनको भाउ दैनिक रुपमा नै बढेर उच्च विन्दुमा पुग्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १९ सय १ डलर पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण लगानीका अरु क्षेत्र बन्द हुँदा लगानीकर्ताहरु सुनप्रति आकर्षित भएका छन् ।

जसले गर्दा माग बढेर सुन महँगो हुँदै गएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेका बेलामा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *