समाज

पृथ्वी राजमार्गमा सवारी आवागमन शुरु

हिमालय टिभी
२०७७ साउन ११ गते १२:४४
पृथ्वी राजमार्गमा सवारी आवागमन शुरु

११ साउन, २०७७ चितवन । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्डमा सवारी आवगमन शुरु भएको छ ।

पहिरोका कारण अवरुद्ध सडकखण्ड ६ दिनपछि खुलेको हो । मौवाखोलाको पुल मर्मतको काम सकिएसँगै रातिदेखि नै दुईतर्फी नै गाडी चल्न थालेका हुन् ।

मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि नौबिसे–मुग्लिङ सडकखण्ड यही साउन ५ गतेदेखि बन्द भएको थियो ।

उता पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम(कोरोला सडकखण्ड १६ दिनसम्म पनि खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।

त्यस्तै साँफेबगर(मार्तडी सडकखण्ड पनि १६ दिनदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *