खेलकूद

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ साउन ११ गते ८:१७
इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा उक्लियो

११ साउन, २०७७ काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा जिनोआलाई ३(० गोलले पराजित गर्दै इन्टर शीर्ष दुईमा पुगेको हो । जिनोआको घरेलु मैदानमा इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल तथा एलेक्सिस सान्चेजले एक गोल गरेका थिए । ३४ औं मिनेटमा लुकाकुको गोलसँगै इन्टरले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि ८३ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २(० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल थप्दै इन्टरलाई ३(० को जित दिलाए ।

जितपछि इन्टरले ३६ खेलबाट ७६ अंक जोडेको छ । इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ४ अंकले मात्र पछि रहेको छ । एक खेल कम खेलेको युभेन्ट्सको ८० अंक रहेको भने उसलाई उपाधि जित्न अब एक जितको आवश्यकता रहेको छ ।

सिरी ए अन्तर्गत नै अन्य खेलमा पर्माले ब्रेसियालाई २(१ ले र नापोलीले सासउलोलाई २(० गोलले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्