समाज

सर्पदंश उपचार केन्द्र बनेपछि दाङको गढवा गाउँका बासिन्दा खुसी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १९:५९
सर्पदंश उपचार केन्द्र बनेपछि दाङको गढवा गाउँका बासिन्दा खुसी (भिडियोसहित)

१० साउन, २०७७ दाङ । गाउँलेकै माग अनुसार दाङ्ग देउखुरीको गढवामा सर्पदंश उपचार केन्द्र बनाउन भवन बनेको छ । र छिट्टै नै यहाँबाट सर्पदंशका विरामीको उपचार हुने छ । जसबाट गाउँले खुसी छन् ।

दाङ्गको गढवा गाउँका महिलाले गाउँमा सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए । गाउँमा हुने कार्यक्रममा अतिथी बनेर आउनेलाई उनीहरु गीतबाटै गाउँको समस्या सुनाउथे । सर्पदंश उपचार केन्द्रको माग गर्थे ।

उनीहरुकै माग अनुसार अहिले गाउँमा सर्पदंश उपचार केन्द्रका लागि भवन बनेको छ । सर्पको डसाई सबैभन्दा ठूलो समस्या रहेकाले यो गाउँमा उपचार केन्द्रको आवश्यकता पनि थियो ।

सबैतिरबाट सर्पदंश उपचार केन्द्रको माग हुन थालेपछि गाउँपालिकाका अध्यक्ष सहजराम यादव जिल्लादेखि केन्द्रसम्म धाउनु भयो । गाउँपालिका आफैंले पनि एक करोड रुपैयाँ छुट्यायो । र अहिले भवन ठडियो । यसमा स्थानीय उद्योगी व्यवसायीले पनि सहयोग गरे ।

यो भवनमा अब नेपाली सेनाको टोलीले सर्पदंशका विरामीको उपचार गर्ने छ । छिट्टै उपचार शुरु गर्न जिल्ला प्रशासन कार्यालयले पनि पहल गरिरहेको छ।

देउखुरीको गढवा र राजपुर गाउँपालिकामा सर्पदंशका कारण अकालमै ज्यान गुमाउने पर्ने बाध्यता छ । यसवर्ष मात्र गढवा गाउँपालिका भित्र ५२ जनालाई सर्पले डसेको छ । उनीहरुलाई कपिलवस्तु र नेपालगञ्जसम्म लगेर उपचार गरिएको छ । तर अब गाउँमै सर्पदंश उपचार केन्द्र बन्नेभए पछि गाउँले खुसी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *