समाज

प्रदेश राजधानी धनगढी कटान र डुबानको जोखिममा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १९:३५
प्रदेश राजधानी धनगढी कटान र डुबानको जोखिममा (भिडियोसहित)

१० साउन, २०७७, धनगढी । देशका बिभिन्न ठाउँमा बाढी पहिरोले बितण्डा मचाइरहेका बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पनि कटान र डुवानको जोखिममा छ ।

धनगढीको अधिकाश क्षेत्र नदिले घेरेको छ । तर तटबन्द नहुँदा बर्षेनि नदिले कटान बढाइरहेको छ । निर्वाचनका बेला तटबन्ध गरेर नदी कटान रोक्ने वाचा गरेका नेताहरु गाउँ नफर्केपछि स्थानीय आक्रोसित छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ डुबान र कटानको बढी जोखिममा छ । बर्षेनि डुबानमा पर्ने यो क्षेत्रमा मोहना नदीले कटान तिब्र पारे पछि नागरिकमा त्रास बढेको छ । राजघाट क्षेत्रमा ३ बर्षमा मात्रै मोहना ननीले १० बिघा क्षेत्रफल कटान गरिसकेको स्थानीयले बताएका छन् । विगतमा पश्चिमबाट बग्ने मोहना नदी अहिले पूर्व सरेको छ ।

नदीले बर्षेनी कटान गर्ने तर सरकारी निकाय र नेताले आश्वासन मात्रै दिने गरेपछि नागरिक आक्रोशित छन् । पूर्व प्रधानमन्त्री शेरबहादूर देउवा, उहाँकी पत्नी आरजु राणा देउवा तथा वर्तमान संघीय सांसद नारदमुनी रानाको समेत चुनावी नारा बनेको तटबन्ध कार्यक्रम नारामै सीमित बनेको छ ।

स्थानीय सरकार तटबन्धको काम संघीय तथा प्रदेश सरकारको भन्दै पन्छिने गरेको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड तटबन्ध आफ्नो अधिकार क्षेत्रमा नरहेकाले यसको जिम्मेवारी प्रदेश तथा संघीय सरकारले लिनुपर्ने बताउनुहुन्छ ।

नदी कटान तिब्र भइरहँदा तीनै तहका सरकार संवेदनशील देखिएका छैनन् । कटान रोक्न नसके भविष्यमा अप्रिय घटना हुँदैन भन्न सकिन्न । यस विषयमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *