Main News

निकुञ्जका कर्मचारीले घरमा आगो लगाइदिएपछि गरिब चेपाङ परिवारकोको बिचल्ली (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १९:१६
निकुञ्जका कर्मचारीले घरमा आगो लगाइदिएपछि गरिब चेपाङ परिवारकोको बिचल्ली (भिडियोसहित)

१० साउन, २०७७, चितवन । चितवन राष्ट्रिय निकुञ्जले घरमा आगो लगाइदिएपछि माडी नगरपालिकाको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको बिचल्ली भएको छ ।

गरिब समुदायमाथि भएको यो अमानवीय व्यवहारको सबैतिरबाट निन्दा भएको छ र दोषीमाथि कारबाहीको माग पनि भइरहेको छ । तर उनीहरुको पीडा घटेको छैन ।

चितवनको कुसुम खोलामा बस्दै आएकी लाली माया चेपाङ्ग घर जलेपछि खुला आकाशमा बस्दै आउनु भएको छ । उहाँ २०४८ सालदेखि बस्दै आएको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीसहितको टोलीले गत हप्ता आगो लगाइदियो । त्यसैले अब बालबच्चालाई यो झरीबाट कसरी जोगाउने भन्ने उहाँलाई चिन्ता छ ।

चितवनको माडी नगरपालिकाको कुसुम खोलामा हात्तीसमेतको सहयोगमा निकुञ्जले आगो लगाएर लालिमाया जस्तै गरिब चेपाङका घर भत्काएको थियो । दुख गरेर बनाएको घरमा बर्खाको समयमा आगो लगाएपछि गंगामायाको ४ जनाको परिवारले गाउँकै विद्यालयमा रात बिताउने गरेको छ ।

निकुञ्जका कर्मचारीले घरमा आगो लगाउँदा दानबहादुर प्रजाको नागरिकताको प्रमाणपत्र र १० हजार रुपैयाँ नगद चलेको छ ।

उहाँकै छिमेकी कविता चेपाङको घर त जोगिएको छ । तर निकुञ्जका कर्मचारीको त्यो दिनको व्यवहारले उहाँलाई अहिले पनि डर लागिरहेको छ ।

गरिबको बिचल्ली हुनेगरी घरमा आगजनी गर्ने निकुञ्जले हात्ती लगाएर खेतिबाली पनि नष्ट गरेको छ । चेपाङ्ग समुदायको घर जलाएकोमा निकुञ्जको आलोचना भएको छ । घरमा आगो लगाउनेलाई नगरपालिकाले नै कारबाहीको माग गरेको छ ।

पीडित चेपाङ समुदायलाई नगरपालिकाको वडा नम्बर ९ राईं गाउँमा राख्ने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले भने जग्गा अतिक्रमण गरेर बसेकालाई ठाउँ खाली गर्न भनिएको र अटेर गरेका कारण फुसका झुप्रो हटाएको बताएको छ । घटनाको छानबिन गर्न वन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहाल नेतृत्वको टोलीले कुसुम खोला पुगेर स्थलगत निरीक्षण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *