Main News

नेपालमा थप १०९ जना कोरोना संक्रमित फेला, थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन १० गते १६:३९
नेपालमा थप १०९ जना कोरोना संक्रमित फेला, थप एक जनाको मृत्यु

१०, साउन, २०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाराकी १७ वर्षीया किशोरीको वीरगञ्जमा हिजो उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बाराको परवानीपुर गाउँपालिका घर भएकी ति युवतीको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जमा तीनदिनयता लगातार संक्रमितको मृत्यु भइरहेको छ । संक्रमित र मृतक बढेपछि पर्सामा आज विहानदेखि निषेधाज्ञा जारी गरिएको छ । ने

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत रहेका छन् ।

पछिल्लो समय १ सय ६ जना डिस्चार्ज भएका छन् । आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ रहेको छ । प्रदेश नम्बर १ मा ७ सय ७५, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९८, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

आज प्रदेश नम्बर १ मा २ हजार २ सय ९, प्रदेश नम्बर २ मा २ हजार ३ सय २, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार २ सय १६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रदेश नम्बर ५ मा २ हजार ७ सय ७९, कर्णाली प्रदेशमा १ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ७६ जना गरी देशभरी १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *