Main News

वीरगञ्ज कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

हिमालय टिभी
२०७७ साउन १० गते ८:०८
वीरगञ्ज कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

१० साउन, २०७७ काठमाडौं । वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालाको पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिनुभयो ।

उपचारका लागि नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भिर भएपछि उनलाई बुधबार वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।

आरडीटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । प्रयोगशालामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनी सहित ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा पर्साका ७ जना र १ जना रौतहटका छन् ।

सरकारले कोरोना संक्रमण घट्दै गएको बताए पनि हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ । शुक्रबार नै कोरोनाबाट एक बृद्धाको मृत्यु भएको थियो । वीरगञ्जमा बिहीबार पनि ७० वर्षीय बृद्धको मृत्यु भएको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले बीरगञ्जमा आज बिहानदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ।

संकट व्यवस्थापन केन्द्रको बैठकले आज बिहान पाँच बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि बीरगञ्ज महानगर क्षेत्रभित्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *