Main News

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ९ गते २०:२७
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन (भिडियोसहित)

९ साउन, २०७७ काठमाडौं । श्रीमतिको हत्या गरेको अभियोगमा सर्वोच्च सहित जन्मकैदको फैसला सुनाईएका पूर्व डिआईजी रञ्जन कोइराला ८ वर्षको जेल सजाय भोगि विहिबार रिहा भए । सर्वोच्चको फैसलामा नागरिक समाज, सामाजिक सञ्जाल लगाएतमा विरोध भैरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त ईजलाशले श्रीमती पार्ने पूर्व डीआईजी रञ्जन कोईरालाको सजाय घटाईदियो । र, आठ वर्ष ६ महिना कैद बसेका कोईराला असार १५ को त्यही फैसलाका आधारमा साउन ८ गते रिहा भए ।

सर्वश्व सहित जन्म कैद गर्ने तत्कालीन पूनरावेदन अदालतको फैसला चर्को पर्न जार्ने चित्तमा लागेको भन्दै कोईरालाको सजाय घटाइएको थियो । तर नागरिकलाई श्रीमानहरुको यो फैसला नै चित्त बुझेन र सडकमा उत्रिए । उनीहरुमा माग छ–प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीमाथि महाभियोग लगाईनुपर्छ ।

पैसामा बिकेर अपराधी कोईरालाको सजाय घटाईएको नागरिकको बुझाई छ । अर्थात न्यायालय भ्रष्ट छ भन्ने उनीहरुको मत छ ।

शुक्रबार मात्रै होइन, कोइराला हात हल्लाउदै कारागारबाट विहिबार रिहा भएसँगै देशभरी नै सर्बोच्चको फैसलाको विरोध भयो । न्याय दिनुपर्ने ठाउबाटै अन्याय भएपछि कहाँ उनीहरुको प्रश्न छ ।

माइतीघर मण्डलामा एकातिर नागरिक समाज सर्वोच्चको फैसला विरुद्ध नाराबाजी गरिरहेको थियो । अर्को तिर मृतक गीता ढकालका बुबासँगै स्वतन्त्र राष्ट्रिय अभियान नेपालको समूह पनि विरोधमा प्रदर्शन गरिरहेको थियो । सर्वोच्चले न्याय होईन फैसला मात्रै गर्यो भन्दै यो समूह न्याय मागीरहेको छ ।

गीताका आफन्त र आम नागिरक यति बेला न्याय मागिरहेका छन् । गीताका बुबा हरेराम ढकाललाइ सर्वोच्चको यो फैसलाले आ निकै चोट परेको छ । उहाँको माग छ , सर्वोच्चको यो फैसला पुनरावलोकन हुनुपर्छ । किनकी सर्वोच्चको फैसलाले अपराधका लागि दुरुत्साहन गरेको छ ।

सर्वोच्च अदालतको फैसलाले न्यायालय स्वतन्त्र र प्रभावबाहिर छैन भन्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था उल्टिएन भने न्यायालयमाथिको विश्वास झन हराउँदै जानेछ । यसको बेलैमा उपचार खोज्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *