समाज

उपकुलपति नियुक्तिको माग गर्दै पोखरामा प्रदर्शन

हिमालय टिभी
२०७७ साउन ९ गते १९:५१
उपकुलपति नियुक्तिको माग गर्दै पोखरामा प्रदर्शन

९ साउन, २०७७ पोखरा । लामो समयदेखि रिक्त रहेका पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति लगायतका माग गर्दै विद्यार्थी सडकमा उत्रिएका छन् ।

विद्यार्थीले आज कास्की जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । विश्वविद्यालयमा नेतृत्व नहुँदा पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ ।

उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको सभा, शिक्षक नियुक्ति, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत काम प्रभावित भएको छ ।

जिम्मेवार पदाधिकारी नहुँदा विश्वविद्यालयमा अध्ययनरत ४० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको प्रदर्शनकारीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *