समाज

स्थानीय तहसँगको सम्पर्कका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालनमा

हिमालय टिभी
२०७७ साउन ९ गते १९:४८
स्थानीय तहसँगको सम्पर्कका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालनमा

९ साउन, २०७७ विराटनगर । स्थानीय तहसँग सिधा सम्पर्कका लागि प्रदेश १ सरकारले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ ।

स्वीटजरल्याण्ड सरकारले उपलब्ध गराएको १ अर्ब अनुदान सहयोगमा ड्यासबोर्ड’ स्थापना गरिएको हो । विराटनगरमा मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गरेको ड्यासबोर्डले प्रदेश १ मा रहेका मन्त्रालय, विभाग र त्यस मातहतका कार्यालयको कार्यप्रगति मुल्याङकन गर्न सघाउने छ ।

ड्यासबोर्डले प्रदेशका १ सय ३७ वटै स्थानीय तहसँग जोडिएर गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने मुख्यमन्त्री राईको विश्वास छ ।

प्रदेश १ सरकारले सो ड्यासबोर्डमार्फत प्राप्त भएका सूचनाका आधारमा प्रदेश सरकारको योजना तथा कार्यक्रमलाई चुस्त दुरुस्त रुपमा कार्यान्वयनको दिशातर्फ अघि लैजाने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *