Main News

छ महिनामै ३ हजार क्षमताको सम्मेलन केन्द्रको काम ६१ प्रतिशत पूरा

हिमालय टिभी
२०७७ साउन ९ गते १८:२१
छ महिनामै ३ हजार क्षमताको सम्मेलन केन्द्रको काम ६१ प्रतिशत पूरा

९ साउन, २०७७, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामहरुको नतिजा जनताले महसुस गर्नेगरी देखिने बेला भएको बताउनुभएको छ ।

सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन, भैसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकनपश्चात् मन्त्री मानन्धरले केही समयपछि परिणाम देखिने बताउनुभएको हो ।

मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली समृद्ध नेपालको मर्म अनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गर्नुभयो । मन्त्री मानन्धरले वर्तमान सरकारकै पालामा नेपालमा इतिहासकै सबैभन्दा ठुलो भवनका रुपमा संसद भवन बन्न लागेको बताउँदै समयमै काम सकिने दाबी गरे । मन्त्री मानन्धरले सरकारले गरेका कामको परिणाम देखिन थालेको बताउँदै आगामी वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी विकासको वर्ष हुने बताए ।

मन्त्री मानन्धरले देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनहरुको डिजाइन भएको बताउँदै यी संरचना निर्माणपश्चात् अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको प्रशंसा हुने बताए ।

मन्त्री मानन्धरले संघीय संसद भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा मन्त्री र मुख्यमन्त्री निवास निर्माणको कामलाई तिब्रता दिन निर्देशन समेत दिएका छन् । कोरोनाका कारण काममा केहि अवरोध देखिएको बताउँदै मन्त्री मानन्धरले अब काम निरन्तर हुने बताए । सरकारले इतिहासमै हुन नसकेका काम गरिरहेकव बताउँदै यो अभियानमा सहभागिता जनाएका निर्माण कम्पनीहरुले पनि उत्साहपूर्ण ढंगले काम गरिरहेको बताए ।

प्रधानमन्त्री ‌ओलीको नेतृत्वमा वर्तमान नेकपाको सरकार समृद्धिको यात्रामा लागिरहेको बताउँदै जनताको चाहना अनुसार नै विकास निर्माणका काम भइरहेको बताए । मन्त्री मानन्धरले राष्ट्रियताका सवालमा वर्तमान सरकारको अडान र विकास निर्माणका क्षेत्रमा दिएको तिब्रता इतिहासकै उत्कृष्ट भएको बताए ।

मन्त्री मानन्धरले सरकारले परिकल्पना गरेको समृद्ध नेपाल निर्माणको अभियानमा आम नेपालीले साथ दिएको बताउँदै अब तिब्र गतिमा काम हुने बताए । यसअघिका सरकारले ढिलासुस्ति र अपारदर्शी ढंगले काम गर्दा जनता निराश भएको बताउँदै वर्तमान सरकार जनताको आशाको प्रतिक भएको पनि बताए ।

अनुगमनका क्रममा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सहरी विकास मन्त्रालयले निर्माण थालेका ठुला भवनहरु समयमै सकिने बताए । सचिव अधिकारीले सरकारले परिणाम देखिनेगरी काम गरिरहेको बताउँदै तीन वटै भवन निर्माण तोकिएकै समयमा सकिने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *