Main News

प्रधानन्यायाधीशमाथि महाभियोग माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन (फोटोफिचर)

हिमालय टिभी
२०७७ साउन ९ गते १७:४०
प्रधानन्यायाधीशमाथि महाभियोग माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन (फोटोफिचर)

९ साउन, २०७७, काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध आज माइतीघरमा प्रदर्शन गरिएको छ ।

श्रीमतीको हत्या गरेर जेल बसेका रन्जन पुरै सजाय नकाटी जेलबाट छुटाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

स्वतन्त्र राष्ट्रिय अभियान र नागरिक समाजको पहलमा भएको प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्ष मात्र कैद हुने फैसला गरेको थियो । कोइराला बिहीबार जेलबाट छुटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *