Main News

१३३ जना नयाँ संक्रमित थपिए, कोरोनाका कारण थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन ९ गते १६:३३
१३३ जना नयाँ संक्रमित थपिए, कोरोनाका कारण थप एक जनाको मृत्यु

९ साउन, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण घट्दै गएको बताए पनि हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ । पछिल्लो पटक पर्सामा कोरोनाबाट एक बृद्धाको मृत्यु भएको छ ।

योसँगै देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

वीरगञ्जमा हिजो पनि ७० वर्षीय बृद्धको मृत्यु भएको थियो । नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक काठमाडौंमा १० जना नयाँ संक्रमित भेटिएको जनाएको छ । यस्तै पर्सामा सबैभन्दा बढी ३१ जना संक्रमित थपिएका छन् । झापामा पनि २५ संक्रमित भेटिएका छन् । ति मध्ये १८ जना सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी हुन् ।

दैलेख र कैलालीमा ८–८, सप्तरीमा ७, कास्कीमा ५, सुनसरी, नवलपरासी पुर्व, रुपन्देही र दाङमा ४(४, लमजुङमा ३, चितवन, मोरङ, सर्लाही, कालिकोट, बाँके र बर्दियामा २–२ तथा बारा, जाजरकोट, धनकुटा, सुनसरी, धनुषा, उदयपुर, बाग्लुङ र तनहुँमा १–१ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ । थप १ सय ७ जना संक्रमणमुक्त भएर देशभरका विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन् । अहिलेसम्म १२ हजार ९ सय ४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

थप एक जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा ८५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम जानकारी दिनुभयो ।

वीरगञ्जमा हिजो एक जना ७० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *