अन्तर्वार्ता

पूर्व डीआइजी कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला गलतः बलराम थापा, पूर्व न्यायाधीश सर्वोच्च अदालत (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ९ गते १५:४६
पूर्व डीआइजी कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला गलतः बलराम थापा, पूर्व न्यायाधीश सर्वोच्च अदालत (भिडियोसहित)

९ साउन, २०७७ काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने अदालतको फैसला गलत भएको बताउनुभएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै पूर्व न्यायाधीश केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसलामाथि प्रश्न उठाउनुभएको हो । श्रीमतीको हत्या गर्ने कोइरालाको सजाय घटाउने फैसलाले जनताको न्यायालय प्रतिको विश्वासमा प्रश्न उठेको बताउनुभयो ।

सरकारले न्यायिक पुनरावलोकनका लागि निवेदन दिएर ठीक गरेको उहाँले बताउनुभयो । तर महाभियोग लगाउनुपर्ने मागमा भने उहाँले असहमति जनाउनुभयो । यही विषयलाई लिएर महाभियोग लगाउनु अपरिपक्व हुने पूर्व न्यायाधीश केसीको विश्लेषण छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले असार १५ गते कोइराला साढे ८ वर्ष मात्रै जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ फैसला गरेपछि कोइराला हिजो जेलबाट छुटेका थिए ।

तर अदालतको यो फैसलाको चर्को विरोध भैरहेको छ । र, सरकारले पनि न्यायिक पूनरावलोकनका लागि निवेदन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्