Political Hightlights

जबजलाई पार्टी कार्यदिशा बनाउनुपर्छ भन्नेहरुलाई नेता गुरुङको प्रहार

हिमालय टिभी
२०७७ साउन ९ गते १३:११
जबजलाई पार्टी कार्यदिशा बनाउनुपर्छ भन्नेहरुलाई नेता गुरुङको प्रहार

९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यदिशा बनाउनुपर्छ भन्नेहरुलाई नेता देव गुरुङले कडा प्रहार गर्नुभएको छ ।

गुरुङले जनताको बहुदलीय जनवादले साम्राज्यवादविरुद्ध लड्न नसक्ने भन्दै त्यसलाई राष्ट्रिय स्वाधीनता विरोधी विचार भन्नुभएको छ ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा पत्रकारसँग गुरुङले बहुदलीय जनवाद भन्नेहरुलाई कुन बाटो जाने भन्ने प्रश्न गर्नुभयो ।

सामन्तवादसँग लड्दासम्म जनताको बहुदलीय जनवाद ठीक भएको तर अब साम्राज्यवाद विरुद्ध लड्न त्यसले नसक्ने भन्दै गुरुङले समाजवाद उन्मुख जनताको जनवादको जनवाद नै सही वैचारिक कार्य दिशा हुने बताउनुभयो ।

पछिल्लो पटक नेकपा भित्र एकाएक जनताको बहुदलीय जनवादलाई वैचारिक कार्यदिशा बनाउनुपर्ने आवाज उठिरहेको छ । र,नेकपा भित्र तत्कालीन एमाले समूहले यसलाई उठाईरहेको छ । जसबाट तत्कालीन माओवादी समूह झस्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्