आर्थिक

भदौ १ गतेदेखि हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानको तयारी

हिमालय टिभी
२०७७ साउन ९ गते १२:४९
भदौ १ गतेदेखि हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानको तयारी

९ साउन, २०७७, काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन् ।

लकडाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनोज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गर्नुभयो । सुरक्षाका सम्पूर्ण उपाय अपनाएको बताउँदै रिमालले जहाजमा चढ्दा कोभिड संक्रमणका हिसाबले कुनै असुरक्षा नरहने लाबी गर्नुभयो ।

कोभिड अगाडीको अवस्थाभन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको छ । सुरक्षा जाँच देखि लिएर सम्पूर्ण प्रोटोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको हो । यात्रुहरुले कोभिड अगाडी कै मूल्यमा विमानमा यात्रा गर्न पाउने उहाँले बताउनुभएको छ ।

यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उहाँले बताउनुभयो ।

विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, चेक इन गर्दा १ सय दशमलव ४ डिग्री भन्दा बढी तापक्रम भएमा यात्रा प्रतिवन्ध लगाइने गरि यसअघि नै प्राटोकल बनिसकेको छ । कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *