Main News

नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, सडक अवरुद्ध

हिमालय टिभी
२०७७ साउन ९ गते ८:१२
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, सडक अवरुद्ध

९ साउन, २०७७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उहाँले जानकारी बताउनुभयो ।

सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *