Main News

असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

हिमालय टिभी
२०७७ साउन ८ गते ९:०३
असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

८ साउन, २०७७, काठमाडौं । लकडाउन अन्त्य भएसँगै शैक्षिक, व्यावसायिक लगायतका क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालनको अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने गरि तयारी गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिएको बोर्डले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेपछि परीक्षाहरू स्थगित भएको थियो ।

सरकारले मंगलबार मध्यरातिदेखि लकडाउन हटाइएको छ भने भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न अनुमति दिइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सबैभन्दा पहिले क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका विद्यालयहरूको सरसफाइ र निर्मलीकरण गरिने जानकारी दिनुभयो । त्यसपछि मात्रै अन्य तयारी हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *