Main News

लकडाउन हट्यो, सवारी साधन चल्न थालेसँगै लापरवाही बढ्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ७ गते १९:४५
लकडाउन हट्यो, सवारी साधन चल्न थालेसँगै लापरवाही बढ्यो (भिडियोसहित)

७ साउन, २०७७ काठमाडौं । झण्डै ४ महिनाको लकडाउन आजबाट अन्त्य भएको छ । तर कोरोना भाइरसको संक्रमण भने नियन्त्रणमा आइसकेको छैन ।

त्यसैले जोखिम हरेक ठाउँमा छ । तर सरकारले विधिवत रुपमा लकडाउन हटाउनुलाई नागरिकले भने संक्रमण नै नियन्त्रणमा आएको अर्थमा बुझ्न थालेको पाइएको छ ।

लकडाउन खुलेसँगै जिल्ला जिल्ला गएकाहरु उपत्यका फर्कन सुरु गरेका छन् । र त्यसले गर्दा उपत्यकामा चहलपहल बाक्लिदोँ छ । जसले उपत्यकाको भयावह अवस्थाको झल्को दिन थालेको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न पहिलो सर्त सार्वजनिक स्थानहरुमा अनिवार्य मास्कको प्रयोग हो । तर हाम्रो क्यामरामा कैद भएका यी दृश्यले अवस्था फरक देखाउँछ । अधिकांश मानिसहरुले मास्कको प्रयोग गरेका छैनन् । र मास्कको प्रयोग नगर्नुमा उनीहरुमा अचम्म अचम्मका तर्क छन् ।

केहीले आफूसँगै स(साना बालबालिका लिएर हिंड्दा पनि मास्कको प्रयोग आवश्यक ठानेका छैनन् ।

केही भने क्यामरा देख्ने बित्तिकै हत्तपत्त मास्क निकालेर लगाउने पनि छन् । केही बीच सडकमा मस्तले फोनमा बोलेर हिड्छन् तर मास्क लगाउन सक्दैनन् ।

व्यापार व्यवासाय सञ्चालन गरेर बसेकाहरु पनि ग्राहक आउँदा बाहेकको अवस्थामा जोखिम रहेको मान्दैनन् ।

स्वास्थ्य सतर्कता अपनाउँदै सेवा सञ्चालन गरेको भनिएका सार्वजिक यातायातमा पनि स्वास्थ्य सतर्कता अपनाएको देखिँदैन ।

कोरोना भाइरस संक्रमणको जोखिम अझै बाँकिरहेका बेला किन यस्तो लापरवाही । यसमा पनि सर्वसाधारणका आआफ्नै तर्क छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *