लकडाउन हटेसँगै उपत्यकामा सवारी साधनको चाप बढ्यो

हिमालय टिभी
२०७७ साउन ७ गते १८:४१
लकडाउन हटेसँगै उपत्यकामा सवारी साधनको चाप बढ्यो

७ साउन, २०७७ काठमाडौं लक डाउन हटेसँगै सडकमा गाडीको चाप बढेको छ । १ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो । छोटो दुरीका सबै सवारी साधन सञ्चालनमा छन् ।

आजदेखि जोर विजोर प्रणाली समेत हटेको छ । सवारी चाप बढेसँगै लक डाउन अघिकै अवस्थामा चेकजाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ । सामाजिक दुरी कायम भए्नभएको, स्वास्थ्य सुरक्षाका उपाय अपनाए ्नअपनाएको पनि जाँच भइरहेको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन पनि आग्रह गरेको छ । मादक पदार्थ सेवन गरी गाडी चलाएमा कडा कारवाही हुनेछ ।

मदिरा सेवन गरेको आशंका लागेमा स्वास्थ्य परीक्षण गरी कानून अनुसार कारवाही गरिने पनि ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *